राज शाही शुक्रबार, बैशाख १७, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

हिमाली जिल्ला हुम्लामा हाल सम्म कोरोना संक्रिमतको दोश्रो लहरका विरामी देखिएका छैनन् । हुम्ला जिल्लालाई ग्रिन जोनमा सुरछित राख्नका लागी जिल्लाका सुरक्षाकर्मी स्वास्थ्यकर्मी प्रशासकहरु लागी परेका छन् ।

प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको निर्देशनमा सुरक्षाकर्मी नेपाल प्रहरी र सशस्त्र प्रहरी वलले जिल्लामा कोरोना भाइरसबाट बच्ने उपाएका बारेमा सन्देशहरु जिल्लामा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फैलाइ रहेका छन् । कोरोनाबाट बच्ने उपायका बारेमा सदरमुकाम सिमकोटमा माइक द्धारा सन्देश फैलाइ रहेको छ भने अन्य सन्देश मुलक जनचेतना जिल्लाका ३ वटै रेडियोबाट प्रशारण गरी रहेको प्रहरी नायव उपरिक्ष हेरम्ब सर्माले बताएका छन् ।

सशस्त्र प्रहरी वल गुल्मले जिल्ला सदरमुकाम लगाएत जिल्ला उत्तरी नाका हिल्ला लगाएत आसपासका क्षेत्रमा पनि कोरोना सम्बन्धी जनचेतना मुलक कार्यक्रम संचालन गरी रहेको सशस्त्र प्रहरी वल गुल्मका प्रहरी नायव उपरिक्षक गेहेन्द्रबहादुर भण्डारीले बताएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयले पनि माक्स सेनिटाइजर लगाएतका कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धीका सामाग्री वितरण गर्दै आएको छ । जिल्लाका भिडभाड वढी हुने कार्यालय तथा सुरक्षा निकायमा कोरोना विरुद्धका स्वास्थ्य सामाग्री वितरण गर्दै आएको छ । यसै विच आज जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी वलमा क्वारेन्टिन तथा आइसोलेसनमा वसेका व्यक्तीहरुका लागी स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

वितरण गरिएका सामाग्री ९ पाकेटमा प्रत्येक पाकेटमा डिजिटल थर्ममिटर १ थान, सर्जिकल माक्स ५० पिस, हेन्ड सेनिटाइजर १ सय एम एलको २ पिस, डिस वास डिटरजेन्ट २ सय एमएल २ पिस,डिस वासीङ स्वोव १ पिस, डिसइनफेक्ट किलिनर ५ एमएल १ पिस, कोलोरिन लिकुइट ६० एम एल १ पिस र रेकट फर्म १ पिस स्वास्थ्य सामाग्री जिल्ला स्वास्थ्य कार्यालयकी सिनियर अनमी सरिता बोहोराले प्रहरी नायव उपरिक्षक हेरम्ब सर्मा र गेहेन्द्रबहादुर भण्डारीलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो ।हाल जिल्ला प्रहरी कार्यालयमा १५ जना क्वारेन्टीनमा रहेका छन् । त्यसै गरी सशस्त्र प्रहरी वलमा १० जना क्वारेन्टिनमा र १ जना आइसोलेसनमा राखीएको छ । ति सबै जिल्ला बाहिर वाट आएका सुरक्षाकर्मीहरु रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९