राज शाही सोमबार, बैशाख १३, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

प्रहरीले सर्बसाधारणलाई सावधानी अपनाउन जनचेतना जोगाउने कार्यक्रम प्रहरी सञ्चालन गरेको छ । अनिवार्य मास्क लगाउनका लागि आदेशात्मक कार्यक्रम आयोजना गरेर प्रहरी जनचेतना जोगाउने कार्य गरेको हो । कोरोना संक्रमण बढी रहेको बेला सदरमुकामवासी माक्स नलगाएर जथाभावी निस्कन थालेपछि प्रहरीले यो अभियान सञ्चालन गरेको हो ।

हुम्ला भित्रिने हवाई मार्गका मुख्य नाकाहरु नेपालगंज र सुर्खेतमा कोरोना संक्रमणको बढी रहेका बेला हुम्लामा पनि सबैलाई पुर्वसावधानी अपनाउन जनचेतनामुलक कार्यक्रम आयोजना गरिएको प्रहरी नायव उपरिक्षक हेरम्ब शर्माले बताए । बजारमा माक्स नलगाएर हिडडुल गर्ने, भिड बनाउने , पच्चीस जना भन्दा बढी मानिस जम्मा हुने र सामाजिक दुरी कायम गरिएको नपाईए पछि माईकिङ गरेर जनचेतना जोगाउने कार्य भएको होे ।

माईकिङबाट सधै सावुन पानी प्रयोग गर्न, माक्सको सबै प्रयोग गर्न, शंकास्पद व्यक्ति भेटिएर स्वास्थ्यकर्मीलाई सम्पर्क गर्न, कोरोनाको लक्षण मिल्ने रोग लागे स्वास्थ्यकर्मीको सम्पर्कमा रहनका लागि सन्देशहरु प्रशारण गरिएको थियो । मानिसमा कोरोना संक्रमणबारे कुनै डर त्रास नदेखिएको पाईएकोले यो कार्यक्रम आयोजना गरिएको उनले बताए ।

पहिलो दिन आदेशात्मक चेतना जोगाउने कार्य भएको र यस्ता कार्य दोस्रो दिनबाट भएर प्रहरी समात्ने र जरिवाना समेत गरिने उनले बताए । साथै माक्स नलगाएकहरुलाई माक्स पनि बितरण गरिएको थियो । जनचेतना कार्यक्रम सिमकोट गाउँपालिकाको वडा नम्बर ५ र ६  तथा बजार क्षेत्रमा सञ्चालन गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय प्रमुख दान बहादुर रावत, सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामा, प्रहरी नायव उपरिक्षक हेरम्ब शर्मा, शसस्त्र प्रहरी नायव उपरिक्षक गेहेन्द्र भण्डारी, अनुसन्धार डिएस्पी सन्जिब चौधरी लगाएको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९