राज शाही शनिबार, बैशाख ०४, २०७८ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

अदानचुली गाउँपालिका–२ मा रहेको रेडियो श्रीनगरमा सोही गाउँपालिकाका स्थानीय युवाहरुले  तोडफोड गरेका छन् । शुक्रबार राती रेडियोमा कोही नभएको मौका पारी यी युवाहरुले एफएम रेडियोमा तोडफोड गरेका हुन ।

ति युवाहरुले रेडियोमा राखीएको ब्याट्री फुटाएको, माईक भाँचेको, तारहरु चुडालेको, छतका दाँतीहरु फालेर त्यहाँ राखिएका अन्य सामाग्रीहरु समेत तोडफोड गरिएको मेनेजर थापाले जानकारी दिएका छन । उनका अनुसार रेडियो प्रशासनसँग कुनै पनि कुरा नगरी सबै कर्मचारीहरु बाहिर रहेको अबस्थामा ईन्टरनेट नखोलेको भन्दै तोफोड गरिएको हो ।

वर्डलिंक कम्युनिकेशनले गाउँपालिका, सामुदायीक बिद्यालय, स्वाथ्य चौकीहरुमा निशुल्क ईन्टरनेट सेवा बितरण गरे पनि त्यहाँ रहेको जनता बैंक र रेडियोहरुलाई निशुल्क बितरण नगरेको थापाले बताएका छन ।

वडा कार्यालय, गाउँपालिका जस्तै निशुल्क हो, ईन्टरनेट खुला छोडनु पर्छ भन्दै तोडफेड उनले बताएका छन । घटनाको थप छानबिनका लागि रेडियो श्रीनगरले श्रीनगर प्रहरी चौकीलाई उजुरी गरे लगतै आरोपितहरुलाई सोही दिन नियन्त्रणमा लिएको प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कृष्ण बहादुर बुढाले बताएका छन् ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९