प्रधानाध्यापकको विवादले अर्धवार्षिक परिक्षा अनिश्चित भएको छ । खार्पुनाथ गाउँ पालिका वडा नं १ मा रहेको कैलास माध्यामिक विद्यालयमा अध्यनरत विद्यार्थीको परिक्षा अनिश्चित भएको हो ।
चैत २५ गतेबाट सुरु भएको उक्त परिक्षा चलि रहेको अवस्थामा प्रधानाध्यापकको विवादले विद्यालयमा तालवन्दी हुदा उक्त परिक्षा अनिश्चित भएको स्थानियवासीले बताएका छन् । सो परिक्षा अनिश्चित हुदा सम्म पनि कोही कसैको ध्यान जान नसकेको स्थानियवासीले गुनासो गरेका छन् ।
सोही विधालयको प्रधानाध्यापक १ पदका लागी दुइ जना शिक्षकको दरखास्त परे पछि उक्त विद्यालयको परिक्षा अनिश्चित भएको हो । यस अघि एक पक्षले कविन्द शाहीलाई प्रधानाध्यापककका लागी सिफारीस गरेको थियो भने त्यस पछि सिनियरको आधारमा खार्पुनाथ गाउँ पालिका कार्यपालीकको बैठकले लालबहादुर शाहीलाई नियुक्ती गरेको थियो ।
सोही विषयमा उक्त विद्यालय २ दिन देखि तालावन्दी गरीएको छ । जसको प्रत्यक्ष असर विद्यार्थीलाई परेको छ । उक्त विद्यालयको विवाद समाधान गर्नका लागी कोही कसैको हाल सम्म पहल हुन नसकेको र विद्यालय संचालनका लागी राज्य पक्ष मौन रहेको स्थानिएको गुनासो रहेको छ ।
स्वस्च्छ छवि बनाएका लालबहादुर शाहीलाई केही पक्षले आफु माथि झुट्टा अफवा फैलाई वदनाम गर्ने कोशिष गरेकाले सो विषयमा कानुनी उपचार खोज्ने शाहीले बताउदै त्यस्ता झुठ्ठा भ्रमात्मक कुरा पछि नलाग्न शाहीले आग्र गर्दै उक्त झुठ्ठा कुरा प्रति आपती समेत जनाएका छन् ।