राज शाही बिहिबार, फाल्गुण २७, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

खार्पुनाथ गाउँपालिकाका वडा नं १ देखि ४ सम्म फागुन २१ देखि २५ गते सम्म संचालन गरिएको जेष्ठनागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रममा २ सय ३५ जना जेष्ठनागरिकहरूलाई निःशुल्क रसायन तथा ओजबर्धक आयुर्वेद ओैषधि वितरण गरिएको छ । उक्त वितरण कार्य जिल्ला अस्पताल अन्तरगतको आयुर्वेद शाखाले गरेको सोही शाखा प्रमुख किष्णचन्द्र जोसीले बताएका छन् ।

जसमा जेष्ठ नागरीक स्वास्थ्य प्रवर्धन कार्यक्रममा सेवा लिने सेवाग्राहीहरुमा खार्पुनाथ गाउँ पालिका वडा नं ४ छिप्रामा जम्मा ८४ जना मध्य पुरुष ३८ र महिला ४६ जना रहेका छन । सोही गाउँ पालिका वडा नं ३ रायामा जम्मा ७२ जना मध्य महिला ४० र पुरुष ३२ जना, वडा नं २ थालीमा जम्मा ५१ जना मध्य महिला २३ र पुरुष २८ जना रहेका छन् । सोही अनुसार सोही गाउँ पालिका वडा नं १ लालीमा  जम्मा २८ जना मध्य महिला ११ र पुरुष १७ जना गरी जेष्ठनागरिक सेवा लिने विरामीहरुको संख्या २ सय ३५ जना रहेको छ ।

त्यसै गरी मातृ तथा शिशु सम्वर्धनात्मक कार्यक्रममा सेवा लिने सेवाग्राहीहरुमा खार्पुनाथ गाउँ पालिका वडा नं ४ बाट ४९ महिला र ४९ जना बालबालिका गरेर जम्मा ९८ जनाले सेवा लिएका छन । त्यसै गरी रायामा ५४  जना महिला र ३९  जना बालबालिका गरेर जम्मा ९३ जनाले सेवा लिएका छन । त्यस्तै गरि थालीमा २९ जना,लालीमा ३ जना र खर्पेलगाउँका २० जना स्तनपायी आमाले सो सेवा लिएका छन । मातृ तथा शिशु स्वास्थ्य सम्वर्धनात्मक सेवा लिने जम्मा सेवाग्राहिको संख्या २ सय ४३ जना रहेको जिल्ला अस्पताल आयुर्वेद शाख प्रमुख कृष्णचन्द्र जोसीले बताएका छन ।

सम्बन्धित

ताजा अपडेट
हुम्लामा चिसोले बाटोमा अलपत्र परेका एक जनालाइ नेपाल प्रहरीले उद्धार
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९