राज शाही आइतबार, फाल्गुण २३, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

राष्ट्रीय अभियानका रुपमा रहेको कोभिसिल्ड खोप हिमाली जिल्ला हुम्लाको ग्रामिण भेग सम्म पुगी स्वास्थ्यकर्मीले धमाधम संचालन गरी रहेका छन् । आज पहिलो दिन जिल्लाका ७ वटै गाउँ पालिकामा रहेका ६५ वर्ष देखि माथीका जेष्ठ नागरीकले स्वत स्फुर्त रुपमा उत्साहजनक ढङ्गले खोप लगाइ रहेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख प्रेमबहादुर सिहले बताएका छन् । प्रमुख सिहका अनुसार जिल्लाका ७ वटै गाउँ पालिकामा स्वास्थ्यकर्मीहरु आज विहान १० वजेबाट खोप केन्द्रमा खटी खोप लगाएको वताएका हुन ।

खार्पुनाथ गाउँ पालिकाको सामुदायीक स्वास्थ्य इकाइ ताक्लामा २० जना ६५ वर्ष माथिका र यस अघि छुटेका महिला स्वास्थ्य स्वयम सेवीका धामी झाङग्री स्वास्थ्यकर्मीले लगाएको खार्पुनाथ स्वास्थ्य चौकीका सि अहेव हरिभक्त शाहीले बताएका छन् । जम्मा २० जना मध्य महिला ७ र पुरुष १३ जनाले उक्त खोप लगाएको अहेव कर्णजित शाहीले बताएका छन् ।

सोही खोप कार्यक्रममा खार्पुनाथ स्वास्थ्य चौकीका सि अहेव हरिभक्त शाही अहेव कर्णजित शाही स्टाप नर्स सुहाना हमाल महिला स्वयम सेवीका सुरक्षाकर्मीको उपस्थीत रहेको थियो । उक्त खोप विहान १० वजेबाट सुरु गरी अहिले वेलुका ५ वजे सम्म संचालन भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
हुम्लामा चिसोले बाटोमा अलपत्र परेका एक जनालाइ नेपाल प्रहरीले उद्धार
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९