हुम्ला
स्थानीय तहको निर्बाचन भएको बुधवार तीन बर्ष पुगेको छ । जनतावाट निर्बाचित स्थानीय तहका जनप्रतिनिधिको क्षेमताको कडा परिक्षा अहिले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रण हुदैछ । हुम्ला लगाएत कर्णाली प्रदेशमा २०७४ साल बैशाख ३१ ग्ते पहिलो चरणको स्थानीय तहको निर्बाचन भएको थियो । तीन बर्षमा स्थानीय तहको संस्थागत संरचना, कानूुन निर्माण र भौतिक पुर्बाधार निर्माण लगाएतका बिकासका तीब्र भएका छन् ।
निर्बानतबाट कुल ७५३ तहमा गरि ३६ हजार ७२ जना जनप्रतिनिधि नागरिकको सेवामा कृयासिल रहदै आएका छन् । यस अवधिमा स्थानीय तहका जनप्रतिनिधि बिकास निर्माण र सेवा प्रबाहमा कृयाशिल भएका छन् भने कतिपय स्थानीय तहमा बिक्रिती र विसंगति पनि मौलाएको छ । त्यसको स्थानीय तहरुले आत्म समिक्षा गर्नु आबश्यक छ । स्थानीय तहहरुले सरकारकै हैसियतमा नागरिकलाई सेवा प्रबाह गर्दै आए पनि स्थानीय तहको काम प्रति सेवाग्राही पुर्ण रुपमा सन्तुष्ट हुन भने सकेको अबस्था छैन ।