राज शाही बिहिबार, फाल्गुण ०६, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

प्रजातन्त्र दिवसको अवसर पारी वृहत आमसभा संचालन हुने भएको छ । उक्त आमसभा फागुन ७ गते प्रजातन्त्रको दिवशको अवसरमा हुम्ला जिल्लाको ताँजाकोट गाउँ पालिका केन्द्र छप्रेलामा हुने नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष धर्मराज जैशीले बताएका छन् ।

सो आमसभाका लागी नेपाली काँग्रेसका केन्द्रिय सदस्य एव पुर्व पर्यटन मन्त्री एव कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता जिवनबहादुर शाहीको नेतृत्वमा नेपाली काँग्रेस जिल्ला पाटी सभापती जयपती रोकाया,खार्पुनाथ गाउँ पालिका अध्यक्ष कर्णबहादुर रावल,नेपाली काँग्रेस बरिष्ठ नेता मंगलबहादुर शाही, महिला संघकी जिल्ला अध्यक्ष विजया वुढा, नेपाली काँग्रेसका नेता ठानबहादुर रोकाया स्वगीय सचिव राजबहादुर रोकाया लगाएतका नेता तथा कार्यकर्ता नेपालगन्जबाट हवाइ जहाजमा बाजुरा हुदै ताँजाकोट तिर लागेको खवर प्राप्त भएको छ ।

राष्ट्रिय प्रजातन्त्र दिवशको अवसरमा फागुन ७ गते हुम्ला जिल्लाको ताँजाकोट गाउँ पालीकामा वृहत आम सभा संचालनका लागी सम्पुर्ण तयारी कार्य पुरा भएको नेपाल विद्यार्थी संघ जिल्ला अध्यक्ष जैसीले बताएका छन् । नेता शाहीको टोलीलाई बाजुरा जिल्लाको हिमा गाउँपालीकामा भव्यरुपमा स्वागत गरेको खवर प्राप्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
लामा साँस्कृतिक मञ्च हुम्लाको छैटौ साधरण सभा सम्पन्न 
पाठेघर मुखको क्यान्सर सम्वन्धी स्केनिङमा १ सय ५ जनाको चेक जाँच
साहित्यकार बसन्त रोकाया ( बसन्त श्री ) को भोट खण्ड काव्य बिमोचन हुँदै

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९