हुम्ला
कर्णाली प्रदेशका सामाजिक जिकास मन्त्रि दल रावलको पहलमा नेपालगञ्ज राँझा एरपोटमा रहेका हुम्लाका नागरीकलाई राहत वितरण गरिएको छ । सो राहात कारितास संस्थाको सहयोगमा वैशाख ३० गते बितरण गरिएको हो ।
कोरोना भाइरस कोबिट १९ को रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका बिद्यार्थी, बालबालिका, जेष्ठ नागरिक तथा उपचार गर्न गएका विरामी र कामको सिलसिलामा नेपालगञ्ज राँजा एअरपोर्टमा अलपत्र परेका करिब २ सय ३१ जना नागरिकहरुलाई राहत बितरण गरेको छ ।
कर्णाली प्रदेश सरकारका सामाजिक बिकास मन्त्री दल रावलको पहलमा सो राहत बितरण गरिएको नेकपा कर्णाली प्रदेश सदस्य रणसिंह परियारले जानकारी दिए । कर्णाली प्रदेसको लगातारको पहलपछि हुम्लीहरुलाई आफ्नो जिल्लामा उद्धारका लागि हातमा बोर्डिङपास र टिकट लिई सकेकाहरु रोकिएको भन्दै २ सय ३१जना हुम्लाका नागरिकलाई १० केजी चामल, ३ केजी दाल, १ पोका नुन,१ पोका तेल, २ वटा साबुन समेत बितरण गरिएको परियारले बताए ।
नेकपाका प्रदेश सदस्य रणसिंह परियार, नेकपा प्रदेश समन्वय समितिका सदस्य पुर्ण रावल नागरिक समाजका राजबहादुर रोकाया, जय बहादुर शाही लगाएतको समन्वय तथा उपस्थितिमा सो राहत बितरण गरिएको सदस्य पुर्ण रावलले बतए । यसको साथै नेपाल सरकार पर्यटन मन्त्रालयबाट हवाई उडान मार्फत हुम्ला जानु पर्नेहरुको नामलिस्ट सहित स्वीकृत भई आएको तर उड्न नपाएका कारण तत्काल उद्धारको पहलका लागि हुम्ली जनताहरु सरकारसंग माग राख्द छन् ।