हुम्ला
हुम्ला जिल्ला अदालतमा पहिलो पटक अर्धन्यायीक निकाय माथिको पुनरावेदन परेको छ । यस अघि उच्च अदालतले पुनरावेदन सुन्दै आएकोमा अव जिल्ला अदालतलाई नै अधिकार दिए संगै जिल्लामा स्थापित अर्ध न्यायीक निकायको पुनरावेदन हुम्ला जिल्ला अदालतमै दर्ता भएका हुन ।
हुम्ला जिल्ला अदालतमा पुनरावेदन दर्ता हुनेमा यस अघि जिल्ला प्रशासन कार्यालय हुम्लामा ३ थान अभद्र व्यवहार मुद्दा रहेका छन् । जसमा हस्तबहादुर शाहीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी धनराज शाही समेत भएको अभद्र व्यवहार मुद्दा थान १, अर्को गंगबहादुर शाहीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी चक्रबहादुर शाही समेत भएको अभद्र व्यवहार र चंखेली गाउँ पालिकाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी धर्मजित शाही समेत भएको अभद्र व्यवहार मुद्दा रहेका छन् ।
यस अघि हस्त बहादुर शाही र गंगबहादुर शाहीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी धनराज शाही र चक्रबहादुर शाही समेत भएको २ वटा अभद्र व्यवहार मुद्दा जिल्ला प्रशासन कार्यालय हुम्लामा दर्ता भई मिति २०७७।७।२३ मा सफाइ पाउने ठहर फैसला जिल्ला प्रशासन कार्यालय हुम्लाबाट भएको थियो । त्यसै गरी चंखेली गाउँ पालिकाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी धर्मजित शाही समेत भएको अभद्र व्यवहार मुद्दामा २०७७।८।२५ मा १ जनालाइ ५ हजार जरिवना र १ जनालाई सफाइ पाउने गरि जिल्ला प्रशासन कार्यालय हुम्लाबाट फैसला भएको थियो ।
उक्त फैसला माथि चित्त नवुझी जिल्ला सरकारी वकिल कार्यालय हुम्लाले हुम्ला जिल्ला अदालतमा हस्तबहादुर शाहीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी धनराज शाही समेत भएको अभद्र व्यवहार मुद्दा मिति २०७७।९।१६ र गंगबहादुर शाहीको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी चक्रबहादुर शाही समेत भएको अभद्र व्यवहार मुद्दा मिति २०७७।९।१४ गते र चंखेली गाउँ पालिकाको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी धर्मजित शाही समेत भएको अभद्र व्यवहार मुद्दा मिति २०७७।९।१९ गते दर्ता गराएको हुम्ला जिल्ला अदालतका नि श्रेस्तेदार दानबहादुर रावतले बताएका छन् ।
अव उक्त ३ वटै मुद्दाका प्रतिवादीहरु हुम्ला जिल्ला अदालतमा हाजिर भई वयान वकपत्र गर्नु पर्ने र अदालतले नै उक्त मुद्दाहरुको किनारा लगाउने श्रेस्तेदार रावतले बताएका छन् ।
हुम्ला जिल्ला अदालतमा उक्त मुद्दा दर्ता भए संगै हुम्ला जिल्ला अदालतले पहिलो काम जिल्ला प्रशासन कार्यालय हुम्लाबाट सक्कल मिसिल झिकाउने आदेश भई सकक्लै मिसिल हुम्ला जिल्ला अदालतमा प्राप्त भई सकेको नि श्रेस्तेदार रावतले बताएका छन् ।