राज शाही बिहिबार, मंसिर ०४, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

३६ हजार बरावरको अवैध मदिरा नष्ट गरिएको छ । उक्त मदिरा ताँजाकोट गाउँ पालिकामा नष्ट गरिएको हो । यो कोरोना महामारीका विच पनि व्यापारीले जिल्लाका विभिन्न नाकाबाट अवैध किसिमले भित्र्याएको मधिरा सुरक्षाकर्मीले नियन्त्रणमा लिई  विहिवार नष्ट गरिएको हो ।
ताँजाकोट गाउँ पालिका छप्रेलाको वुढा पसलबाट ३ काटुन चाइनिज रक्सी बुधवार राती बरामत गरी विहिवार जनप्रतिनिधि राजनैतिक दल नागरीक समाज सरोकारवाला निकायको रोहवरमा ताँजाकोट प्रहरी चौकीले नष्ट गरेको स्थानियवासी कृष्णबहादुर मल्लले बताएका छन् ।
मल्लका अनुसार हाल चाइनिज मदिरा १ बोतलको १ हजारमा ताँजाकोट गाउँ पालिकामा विक्रि हुने गरेको र यसरी हेर्दा ३ काटुनमा ३६ बोतल रहेको १ बोतलको १ हजारका दर ३६ हजार बराबरको मदिरा नष्ट गरीएको मल्लले बताएका छन् ।
उक्त मदिरा हुम्लाकै चाला गाउँ हुदै सैन नाकाबाट भित्रीयको हुन सक्ने मल्लले आसंका व्यक्त गरेका छन् । हाल ताँजाकोट गाउँ पालिका लगाएत जिल्लाका स्थानिय वजारमा प्रसस्त मात्रमा अवैध चाइनिज मधिरा रहेको र सोही मदिराबाट गाउँ घरमा झै झगडा समेत हुने गरेको खवर प्राप्त भएको छ । सो मदिराले गाउँ घरमा महिला हिंसा घरेलु हिम्सा समेत हुने गरेकाले सरोकारवाला निकायले यसको समयमै नियन्त्रण गर्नु आवश्यक देखिएको छ ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९