राज शाही मंगलबार, कार्तिक ११, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हिमाली जिल्ला हुम्लामा पठन पाठन सुरु हुने भएको छ । कोरोना कहरले विगत ७ महिना देखि वन्द रहेका विद्यालयमा पठन पाठन हुने भएको हो । यस अघि वन्दा वन्दी केही खुकुलो भए संगै हुम्ला जिल्ला ग्रिन जोनको अवस्थामा रहेको मौका पारी करिव एक महिना विद्यालय संचालन गरेको हुम्लामा पुन वन्दा वन्दी कडा र हुम्ला जिल्लामा पनि कोरोना संक्रमण देखिए पछि पठन पाठन वन्द गरिएको थियो ।

हुम्ला जिल्लाको उत्तरी भेगमा रहेको नाम्खा गाउँ पालिकाको महाबौद्ध माध्यामिक विद्यालय यालावाङ बुधवार १२ गतेबाट पठन पाठन कार्य सुरु गरिने सोही विद्यालयका निमित्त प्रधानाध्यापक लक्षमण थापाले बताएका छन् ।

उक्त विद्यालयमा हुम्ला जिल्ला भरिका विद्यार्थीहरु पठन पाठन गर्ने भएकाले सो विद्यालयमा अध्यनरत कक्षा ८ देखि १२ सम्मका विद्यार्थीले अनिवार्य पिसीआर चेक जाँच गरेरमात्र विद्यालयमा प्रवेश गर्न जानकारी गराएको छ । पिसिआर चेकजाँच नगरी उक्त विद्यालयमा पठन पाठन गर्न जाने विद्यार्थीलाई भर्ना नगरी कक्षामा सामावेस नगरीने सोही विद्यालयका शिक्षकलाइ उद्रित गर्दै नेपाल अष्ट्रीय साझेदारी संस्थाका संयोजक छेपाल लामाले बताएका छन् ।

हाल नाम्खा गाउँ पालिकामा कोही कसैमा कोरोनाको संक्रमण नदेखिएकाले विद्यालय संचालन गर्दा पिसिआर चेकजाँच नगरी विद्यार्थीलाई कक्षा समावेस गर्दा यदि कोही कसैलाई कोरोना संक्रमण भएको खण्डमा समुदाय स्थरमा फैलन सक्ने भएकाले सोको सुरक्षाका लागी विद्यार्थीलाई पिसिआर अनिवार्य गरिएको प्रधानाध्यापक थापाले बताएका छन् ।

सो विद्यालयमा अध्यन्नरत विद्यार्थीका अभिभावक शिक्षक विद्यार्थी शिक्षामा सरोकार राख्ने व्यक्तीहरुको उपस्थीतमा गत कार्तिक ७ गते वसेको वैठकले विद्यार्थीलाई पिसिआर परिक्षाण गरि विद्यालय कार्तिक १२ गतेबाट संचालन गर्ने निर्णय गरेको थियो ।

सिमकोट गाउँ पालिकामा स्थापना भएको मानसरोवर माध्यामिक विद्यालय पनि कार्तिक १८ गते बाट पठन पाठन गर्ने निर्णय भएको सोही विद्यालयका प्रधानाध्यापक अमरबहादुर शाहीले जानकारी गराएका छन् । सोही अनुसार कक्षा ११को परिक्षा कार्तिक १९ गते विहान ७ वजेबाट संचालन हुने भएको प्रधानाध्यापक शाहीले बताएका छन् । सो विद्यालयमा कक्षा ६ देखि १२ कक्षा सम्म पठन पठन हुदै आएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९