राज शाही बिहिबार, कार्तिक ०६, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

जडिवुटी संकलन गर्न गई वेपत्ता भएका व्यक्तीको लाश भेटीएको छ । उक्त लाश आज सिमकोट गाउँ पालिकाको वडा नं १ चुवाखोलाको कालापानी भन्ने ठाउँको दोजाम कर्णालीमा भेटीएको हो । कालापानीमा रहेको दोजाम कर्णालीमा लगाइएका २ वटा साना काठका लाप्कोमा तर्न खोज्दा उक्त काठ पल्टीदा निज कर्णाली नदिमा खसेको हुन सक्ने हाम्रा स्थानिय संवाददाता एव मृर्तकका आफन्न गोरा वुढाले घटना स्थलबाट जानकारी दिएका छन् ।

दोजाम कर्णालीमा खसेको आसंका गरिएको ठाउँ भन्दा लाश करिव १० मिटर तल बिच कर्णालीमा रहेकाले उदार गर्न गएको जिल्ला प्रहरी कार्यालयका निरिक्षक सिताराम विष्ट सहितको ७ जना सुरक्षाकर्मी स्थानिवासी गरी २५ जनाको टोलीले उक्त लाश निकाल्न नसकेको र सो लाश दोजाम कर्णालीको विच भेलमा रहेको आफन्त वुढाले बताएका छन् ।

खार्पुनाथ गाउँ पालिका वढा नं १ निवासी वर्ष ३० का धनबहादुर वुढा गत असोज २० गते जडविटी निकाल्नका लागी चुवाखोला वनमा गएका थिए । करिव १ हप्ता अघि देखि वेपत्ता भएका वुढाका आफन्तले कार्तिक ५ गते दोजाम प्रहरी चौकीमा जानकारी दिए संगै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सिता राम विष्टको टोली घटना स्थलमा गएको थियो ।

विहिवार खोज तलासका क्रममा चुवाखोला वनको कालापानी भन्ने ठाउँ नजिक रहेको दोजाम कर्णालीको विच भागमा लाश भेटिएको र कर्णालीमा पानी ज्यादा हुदा लाशलाई निकाल्न नसकिएको हाम्रा स्थानिय संवाददाता गोरा वुढाले बताएका छन् ।

उदार गर्न गएको टोली घटना स्थलबाट फर्की सकेको छ ।

सम्बन्धित

ताजा अपडेट
हुम्ला जिल्ला अदालतद्धारा अर्ध न्यायिक निकायहरूको अनुगमन  कार्यलाई तिव्र
कारागार भवन निर्माणधिन अवस्थामा रहेकाले थुनुवा तथा कैदी हिरासदमा
हुम्ला जिल्ला अदालतले अर्धन्यायिक निकायहरूको अनुगमन तथा निरिक्षण सुरु

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: rajanhahi@gmail.com

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९