हुम्ला
हुम्लाजस्तो जिल्लाको विकट गाउँका मानिसले सीमा विवादका कारण खान, लाउन पनि समस्या हुन्छ कि भन्ने चिन्ता समेत देखिएको छ । राज्यले सीमा क्षेत्रमा बसेका नेपालीहरूका लागि विषेश प्याकेज ल्याउनु पर्ने पुर्व मन्त्री जीवनबहादुर शाहीले जिल्लामा आयोजित एक कार्यक्रममा बताउनु भएको हो ।
मैले हेर्दाखेरि १२ नम्बर पिलर पहिलाको जङ्गे पिलर होइन । पुरानो निकालेर नयाँ बनाइएको छ । त्यो पिलरको रङले समेत नयाँ हो भन्ने स्पष्ट देखिन्छ । सीमा मिचिएकै छ । चीनले हामीलाई हेपेको छ । हामीले किनेको सामान समेत रोकेर राखेको छ । अर्को चीनले हेपेको भनेको के छ भने, म पहिलोपटक मन्त्री हुँदा टेलिफोनको टावर राख्न खोजेको थिएँ । चीनले अहिलेसम्म पनि टावर राख्न दिएको छैन । सीमा क्षेत्रमा उनीहरूकै टावरमार्फत सम्पर्क गर्नुपर्ने अवस्था छ । चीनले हेपेको विषयमा स्थानीय जनतासँग सरकारले आएर बुझे हुन्छ । मसँग त सबैको रेकर्ड रहेको शाहीले बताएका छन् ।
५(१) र ६(१) एक पिलर उनीहरूले आफ्नो क्षेत्रभित्र पारेर हाम्रोतिर बार लगाएका छन् । त्यहाँ उनीहरूको सेक्युरिटी बसेको छ । त्यहाँ हाम्रा हुम्लीहरू जाँदा आफ्नै भुमीबाट ढुङ्ग हानेर लखेटेको गरेको शाहीले बताउनु भयो । हामी जानुभन्दा एक दिनअघि पनि उनीहरूले ढुङ्गा हानेको थाहा पाएँ । हामी जाँदा भने कुनै अवरोध गरेनन् ।
जङ्गे पिलर ढलेको देखिएको छ, उनीहरूले त्यसको ठाउँमा नयाँ पिलर बनाएका रहेछन् । यस्तो ज्यादती भएको छ । सीमा मिचिएको छ । पहिला पनि केही हेक्टर नेपाली भूभाग मिचिएको भनेर कुरा आएको भए पनि सरकारले होइन भनेको थियो । अहिले चिनियाँहरूले पिलरको ओरिजिन नै फरक पारेका छन् । चिनियाँहरूले घर बनाएको ठाउँभन्दा पश्चिम-उत्तरतिर पानीढलो छ । त्यहाँ नेर त हामीले पहिला मोटरबाटो खनेको हो । हामीले बनाएको दुईतीन किलोमिटर बाटो त उनीहरूले मिचेका छन् । यताबाट जहाँ हामीले लाप्चा भन्छौँ, मानसरोवर कैलाश देखिने ठाउँ समेत उनीहरूले अहिले आफ्नो भनेर कब्जा गरेका छन् ।बाह्र नम्बरको पिलर राखेको ठाउँबाट उनीहरूले यसरी मिलाएका छन् शाहीले बताए ।
चीनको सीमा पुग्नुभन्दा दुई किमि नेपालतिरै चीनको भूमि भनेर जीपीएसले देखाउने बनाएका रहेछन् । कांग्रेस केन्द्रीय समितिमा त्यो रिपोर्ट पेश गर्छु । सरकारले अनुगमनका लागि पठाएको टोलीमा रहेका सहायक प्रमुख जिल्ला अधिकारीलाई माफी माग्न लगाएको भनेर समेत सुनेको छु । प्रदेशसभामा समेत यो विषय उठाउँछु । कांग्रेस केन्द्रीय समितिमा यो प्रतिवेदन पेश गरेपछि सिङ्गो कांग्रेसले नै यो विषयका बारेमा आधिकारिक धारणा सार्वजनिक गर्छ । सरकारलाई भन्नुपर्ने कुरा पनि पार्टीले भन्छ पुर्व मन्त्री शाहीले पत्रकार भेटघाटमा बताएका हुन ।