हुम्ला
स्थानिय तहमा कानून सम्बन्धीका कर्मचारी नहुदा न्यायीक निरुपण गर्न समस्या भएको छ । स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४६ मा न्यायिक समितिको गठन गर्ने व्यवस्था गरिएको छ । स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४६ को उपदफा १ मा गाउँ पालिका तथा नगरपालिकामा संविधानको धारा २१७ बमोजिम उपाध्यक्षको संयोजगत्वमा ३ सदसिय न्यायीक समिति गठन गरि गाउँ घरका झै झगडा पानी पंधेरो आली धुर लगाएतका विवादमा फैसला तथा मेलमिलाप गर्ने अधिकार समेत प्रधान गरेको छ ।
जिल्लाको सदरमुकाम सिमकोटमा यस्ता घराइसी झै झगडा गाली गलौज लेनदेन पानी पंधेरा जस्ता विवाद वढी आउने गरेको सिमकोट गाउँ पालिका उपाध्यक्ष वली रावतले बताएका छन् । यस्ता विवाद वढी आउदा मुद्दा दर्ता प्रक्रिया फैसला तथा मेलमिलाप के कसरी प्रक्रियागत ढंगबाट गर्ने भन्ने बारेमा कानूनी सम्बन्धीका विज्ञ कर्मचारी नहुदा समस्या भएको उपाध्यक्ष रावतले बताए ।
स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४७ मा उपदफा १ मा आलीधुर, बाँध, पैनी, कुलो वा पानी घट्टको बाँडफाँट तथा उपभोग, अर्काको वाली नोक्सनी गरेको, चरन घाँस दाउरा, ज्याला मज्दुरी नदिएको, घर पालुवा पसु पन्छि हराएको वा पाएको, जेष्ठ नागरीकको पालन पोषण तथा हेरचाह नगरेको, नाबालक छोरा छोरी पती पत्नीलाई हेरचाह नगरेको इज्जत आमत अनुसार खाना लगाउन नदिएको बार्षिक २५ लाख रुपैंया सम्मको विगो भएको घर बाहाल र घरवाह कर लगाएतका विषयमा न्यायीक समितिले बिबाद निरुपण गर्ने अधिकार दिएको छ ।
स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ४७ को उपदफा २ मा स्थानिय न्यायीक समितिले मेलमिलापको माध्यमबाट मात्र विवाद निरुपण गर्ने अधिकार दिएको छ । जसमा सरकारी, सार्वजनिक वा सामुहिक बाहेक एकाको हकको जग्गा अर्कोले च्यापी मिचि वा घुसाइ खाएको, सरकारी, सार्वजनिक वा सामुहिक बाहेक आफ्नो हक नपुग्ने अरुको जग्गामा घर वा कुनै संरचना बनाएको, पती पत्नी विचको सम्बन्ध विच्छेद, गाली वेइज्जती, लुटपिट, अरुको आवासमा अनाधिकृतरुपमा प्रवेस गरेको लगाएतका विषय रहेका छन् । यस्ता विवादमा पक्षले चाहेमा सिधै अदालतमा मुद्दा दायर गर्न सक्ने कानूनी व्यवस्था रहेको छ ।यस्ता मुद्दाको हदम्याद ३५ दिन तोकिएको छ ।