हुम्ला
१ सय ७ औ विपि जयन्ती विशेष एक हप्ते कार्यक्रमको अवसरमा कोरोना संक्रमण सन्दर्भ सरकारको भुमिका र हाम्रा दृष्टीकोण विषयक जुम मिटिङ कार्यक्रम संचालन गरिएको छ ।नेपाली काँग्रेस कोरोना अनुगमन समितिको आयोजनामा संचालन भएको थियो ।
कोरोना अनुगमन समितिका संयोजक एव नेपाली काँग्रेसका सहमहामन्त्री प्रकास सरण महतको अध्यक्षता र नेपाली काँग्रेस सभापति सेशरबहादुर देउवाको प्रमुख आतिथ्यमा कर्णाली प्रदेशका १० वटा जिल्लाका नेपाली काँग्रेसका जिल्ला कार्य समितिका पदाधिकारी, महाधिवेसन प्रतिनिधि, महासमिति सदस्य, भात्री तथा भगेनी संस्थाका प्रमुख एव प्रतिनिधि लगाएतको सहभागिता रहेको थियो ।
पुर्व मन्त्री समेत रहनु भएका जिवनबहादुर शाहीले विरोदका विरुद विरोध गर्नु भन्दा नेपाली काँग्रेसले कोरोनाको विकल्प सरकारलाई दिनु पर्ने, माक्स लगाउनु, सेनेटाइजर लगाउनु उचित छ वा छैन, कोरोना के कसरी लाग्छ भन्ने बारेमा अनुसन्धान हुनु पर्ने र कोरोना भाइरस कोभिण्ड १९ को अवस्थाका बारेमा विभिन्न डिजिटल माध्यमबाट जानकारी गराएकोमा नेपाली काँग्रेस कोरोना अनुगमन समितिका अध्यक्ष एव पदाधिकारीलाई धन्यवाद दिनु भएको छ ।
मिटिङमा नेपाली काँग्रेसका केन्द्रिय सदस्य कर्णाली प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता जिवनबहादुर शाकीको उपस्थित रहेको थियो । मिटिङमा वोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य शाहीले जुमुना हिल्सा जोड्ने सडक वाटोलाई पहिलो प्राथामिकता दिदै कर्णाली राजमार्गको स्तर उन्ती र अहिले विश्वमा फैलिएको कोरोना भाइरस कोभिण्ड १९ को महामारिवाट बच्नका लागी सरकारले विशेष कार्याक्रम ल्याउनु पर्ने र स्थानिय सरकारले कोरोना भाइरस लाग्नु भन्दा अगावै पुर्वतयारी मजवुद गर्नु पर्ने र नेपाली जनताको जिउ ज्यान सुरक्षाका लागी कोरोना कहरका वेला राज्यवाट प्राप्त सेवासुविधा आफुले फिर्ता गरेको र अन्य फिर्ता गर्ने जनप्रतिनिधिलाई पनि धन्यवाद दिदै अरु जनप्रतिनिधले राज्यवाट पाएका सेवा सुविधा पनि फिर्ता गर्नु पर्नेमा जोड दिनु भएको छ ।