राज शाही बिहिबार, भाद्र २५, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

विपिको विचार र अवको काँग्रेस विषयक कार्यक्रम संचालन भएको छ । नेपाल विद्यार्थी संघको आयोजनामा नेपाली काँग्रेसको पाटी कार्यलयमा संचालन भएको थियो । नेपाली काग्रेसको भात्री संघ नेपाल विद्यार्थी संघको आयोजनामा संचालन भएको कार्यक्रमको अध्यक्षता नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष धर्मराज जैसीको  र प्रमुख आतिथ्य नेपाली काँग्रेसका केन्द्रिय सदस्य जिवनबहादुर शाहीको रहेको थियो ।

हाल क्रियाशील रहेका विद्यार्थी संगठनहरूमध्ये सबैभन्दा पुरानो विद्यार्थी संगठन नेपाए नेपाल विद्यार्थी संघ भएको, तबत्कालीन समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाईएको बेलामा नेपाली काँग्रेसले आफ्नो बहुदलीय एजेण्डालाई स्थापना गराउने उद्देश्यले आफ्नो विचारसँग सहमत विद्यार्थीहरूलाई शैक्षिक एजेण्डामा टेकेर विद्रोह गर्न नेपाल विद्यार्थी संघको स्थापना वि सं २०२७ सालमा गरिएको,नेपालको प्रजातान्त्रिक आन्दोलन जसले नेपालीलाई जहानीय राणा शासन, एकतन्त्रीय पञ्चायती शासन हुँदै तत्कलिन राजा ज्ञानेन्द्रको प्रजातन्त्र हत्याउने कदम विरूद्ध समेत लडेर नेपाललाई संघीय गणतन्त्रात्मक नेपाल बनाएको, प्रजातान्त्रिक आन्दोलनको यो कालसम्म आइपुग्दा विद्यार्थी राजनीतिको भूमिका अतुलनीय रहेको कुरा नकार्न नसकिने,नेपाली राज्य व्यवस्थाले विद्यार्थीको साथ पाएर धेरै परिवर्तनको अनुभूति गर्न सक्यो, चाहे ‘जयतु संस्कृतम्’ को नामबाट होस् या त त्यसपछि भाँचिएका विभिन्न राजनीतिक विचारधारासँग सम्बन्धित विद्यार्थी संगठन नै किन नहोस परिवर्तनकारी आन्दोलनलाई उत्कर्षमा पुर्‍याउने र परिवर्तनको स्वाद चखाउने काम विद्यार्थीहरूकै मार्फत भएकोमा पनि कसैको दुई मत नभएको नेपाल काँग्रेसका केन्द्रिय सदस्य एव पुर्व मन्त्री जिवनबहादुर शाहीले बताए ।

पञ्चायती शासनमा पिल्सिएका नेपालीहरू र त्यसमा पनि जागरूक विद्यार्थीहरूले प्रवासमा रहेर ‘प्रजातान्त्रिक युवा लिग’ गठन गरेर नेपाल विद्यार्थी संघको प्रारूप चित्र कोर्ने प्रयास भएको, त्यसँगै देशभित्रका पनि विभिन्न क्याम्पसहरूमा सम्मेलन तयारी समिति गठन गरी २०२७ वैशाख ६, ७ र ८ गते अखिल नेपाल विद्यार्थी सम्मेलन गर्ने मिति तय गरिएको, यसैबाट नेपाल विद्यार्थि संघले औपचारिक जन्म पाएको, जसले प्रजातन्त्र पुनर्वहाली, लोकतन्त्र र गणतन्त्रसम्ममा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको  नेपाली काग्रेस हुम्ला पाटी सभापति जयपति रोकायाले बताए ।

वि सं २०१५ सालको आम निर्वाचनमा पनि नेपाली काँग्रेसलाई दुई तिहाई बहुमतको पार्टी बनाउन र २०१४ सालमा जनतालाई राणाहरूको कु शासनको अन्त्य गराउन पनि तात्कालिन समयमा प्राजातान्त्रिक विद्यार्थीहरूको भूमिका अहम् रहेको त्यसपछि वि सं २०१७ सालमा तात्कालीन राजा महेन्द्रले पञ्चायती शासन सुरूवात गरेपछि पनि प्रजातान्त्रिक विद्यार्थीहरू त्यसविरूद्ध लडि रहे, यसैलाई नेविसंघको पृष्ठभूमिकालको रूपमा लिन सकिने नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष धर्मराज जैसी बताए ।

सोही कार्यक्रममा नेपाली काँग्रेसका संस्थापक विष्णु बहादुर रावतलाई दोसल्ला ओडाइ सम्मान गरीएको थियो । उक्त कार्यक्रम आज दिनको ११ वजे नेपाली काँग्रेसको पाटी कार्यालयमा संचालन भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९