राज शाही शुक्रबार, भाद्र १९, २०७७ मा प्रकाशित

featured photo: Mansarowar Times

हुम्ला

नेपाल निजामति कर्मचारी युनियन (संघले ) आफ्नो ३० औ स्थापना दिवस मनाएको छ । सदरमुकाम सिमकोटको बिजय होटेलमा एक कार्यक्रम गरेर युनियनले दिवस मनाएको हो ।

युनियनका जिल्ला अध्यक्ष बिशाल बोहराको अध्यक्ष तथा काँग्रेस केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश सभा प्रतिपक्ष दलका नेता जीवन बहादुर शाहीको प्रमुख आथित्यमा आयोजना भएको थियो । दिवसमा कर्मचारीहरु काममा प्रतिबद्ध र इमानदारीका साथ जनताको सेवामा लाग्नु पर्ने प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीले बताएका छन् । जिल्ला बिगार्ने राजनीति दल र प्राबिधिकहरु भएको बताउदै नेता शाहीले कर्णाली आफ्नै कारणले पछि परेको बताएका हुन । हुम्लामा उत्पादन हुने अर्गानिक खानालाई महत्व नदिएर नेताहरुले चामलको राजनीति गरेर जनतालाई परजिवी वनाएको बताए ।  दश जना नयाँ कर्मचारीले युनियनको रसिद प्रदान समेत गरेका नेता शाहीले हुम्लाको बिकासका लागि सडक सञ्जाल पहिलो प्राथमिकता भएको बताए । युनियनका दुई जना सेवानिबृत भएका कर्मचारीलाई सम्मानका साथ बिदाई समेत गरिएको थियो  ।

दिवसमा काँग्रेस सभापति जयपति रोकायाले कर्मचारी माथि अन्यायका बिरुद्ध काँग्रेस जहिले पनि अग्रपंतिमा लागेर लड्ने बताए । त्यसै गरि सभापति रोकायाले जथाभावि काम गर्ने कर्मचारीका बिरुद्ध पनि पार्टी लागेर जिल्ला बनाउने अभियानमा अगाडी बढ्ने बताए ।

दिवसमा खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावल, काँग्रेस नेता मंगल बहादुर शाही, शिक्षक संघका पुर्ब अध्यक्ष काली बहादुर शाहीले आफ्ना मन्तव्य राखेका थिए । भने कार्यक्रममा युनियनका उपाध्यक्ष जसपाउ रावतले स्वात मन्तव्य ब्यक्त गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
पुर्व मुख्य मन्त्री जिवनबहादुर शाहीद्धारा नव निर्मित शिवको मुर्ति उद्धघाटन
पुर्व मुख्य मन्त्री जीवनबहादुर शाहीलाई अदालतले सफाई दिएसंगै हुम्ला जिल्ला भर दिपावली
वाइडबडी भ्रष्टाचार मुद्दामा पूर्व पर्यटनमन्त्री शाहीले पाए सफाइ

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

हाम्रो समुह

प्रकाशक: राज शाही
सह-सम्पादक: दिपबहादुर शाही

सम्पर्क

सिमकोट ६ हुम्ला
Website: https://www.mansarowartimes.com
E-mail: [email protected]

सम्पर्क न.: ९८५८३२०८९८, ९८४८३८५१२२,०८७६८००८९